
काठमाडौँ । आजदेखि हिन्दू धर्मावलम्बीहरूको ठूलो चाड बडादसैं सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व १५ दिनसम्म मनाइन्छ। आज घटस्थापनाको दिन हो, जहाँ घरघरमा देवी दुर्गाको पूजा सुरु गरिन्छ। बिहानै माटो वा बालुवा ल्याएर पूजा कोठामा राखी त्यसमा जौ रोपिन्छ, जसलाई जमरा भनिन्छ।
जमरालाई दुर्गा देवीलाई चढाउने परम्परा छ र विजयादशमीका दिन टीका र जमरा ग्रहण गरिन्छ। धर्मशास्त्र अनुसार जमरामा जौ मात्र रोप्नुपर्ने भनिए पनि परम्पराअनुसार केहीले अरु अन्न पनि रोप्ने गर्छन्।
आज घटस्थापनाको शुभ साइत बिहान ९:१३ बजे छ। दसैंको नवरात्रभरि दुर्गा देवीका नौ रूपहरू (नवदुर्गा) को पूजा गरिन्छ। महाअष्टमी र महानवमीमा बलि दिने परम्परा पनि छ।
विजया दशमी असोज १६ गते पर्दछ र टीका लगाउने शुभ साइत बिहान ११:५३ बजे तोकिएको छ। कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद लगाउने चलन छ।
दसैं परिवारसँग भेटघाट, आशिर्वाद, र एकताको पर्व पनि हो। धेरै मानिस दसैंको बेला घर फर्कन्छन् र यो पर्वलाई पारिवारिक पुनर्मिलनको रूपमा मनाउँछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे