
काठमाडौँ, २३ बैशाख । जनता समाजवादी पार्टी (जसपा) का संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ५ दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बनेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा मार्फत भट्टराईले नेताहरूको स्वार्थको माध्यम बन्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
उनले स्थानीय निर्वाचनका मुद्दा फरक हुन्छन् र स्थानीय नेता तथा कार्यकर्ता त्यसवारे बढी जानकार हुने बताएका छन् ।
भट्टराईले लोकतन्त्र बलियो पार्ने हो भने केन्द्रीय हस्तक्षेप रोक्दै गैरदलीय चुनाव गर्न प्रस्ताव समेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् :
५ दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण छ।सबैले बुझौं स्थानीय निर्वाचनका मुद्दा फरक हुन्छन् र स्थानीय नेता/कार्यकर्ता त्यसवारे बढी जानकार हुन्छन्!लोकतन्त्र बलियो पार्ने हो भने केन्द्रीय हस्तक्षेप रोकौं र गैरदलीय चुनाव गरौं!कुनै आकाश खस्दैन!
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे