
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विमर्शमा सहभागी हुन भारत प्रस्थान गरेका छन्। उनी मार्च १२–१४ मा नयाँ दिल्लीस्थित भारत मण्डपमा आयोजना हुने ‘एनएक्सटी २०२६ ग्लोबल समिट’ मा ‘गेस्ट अफ अनर’ को रूपमा सहभागी हुनेछन्।
समिटमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहित विश्वभरिका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी र शैक्षिक क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन्। विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण र अन्तर्राष्ट्रिय सम्बन्धमा छलफल हुने समिटले वैश्विक बहस र सहकार्यको महत्वपूर्ण मञ्च प्रदान गर्ने आयोजकले बताएका छन्।
डा। भट्टराईले १४ मार्चमा ‘डेमोक्रेसी इन द एज अफ डिजिटल गभर्नेन्स एन्ड द युथ’ सत्र सम्बोधन गर्नेछन् र सोही दिन स्वदेश फर्किनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे