
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकले लामो समयसम्म कारोबार नगरेका बचत खातालाई निष्क्रिय खाता (Dormant Account) का रूपमा वर्गीकरण गर्ने प्रावधान लागू गरेका छन्। बचत खातामा ३ वर्ष र चल्ती खातामा १ वर्षभन्दा बढी समयसम्म कुनै कारोबार नभएमा त्यसलाई निष्क्रिय खाताका रूपमा राखिने व्यवस्था छ।
निष्क्रिय खातालाई सक्रिय बनाउन ग्राहकले सम्बन्धित बैंकमा व्यक्तिगत रूपमा उपस्थित भएर आफ्नो पहिचान प्रमाणित गर्नुपर्नेछ। यस प्रक्रियामा ग्राहकलाई कुनै शुल्क तिर्नु पर्दैन। साथै, विद्युतिय माध्यमबाट पहिचान प्रमाणित गरी खातालाई सक्रिय बनाउने व्यवस्था समेत गरिएको छ।
यदि कुनै खाता १० वर्षभन्दा बढी समयसम्म निष्क्रिय रहेमा, त्यस्ता खाताहरूलाई बैंक तथा वित्तीय संस्थाहरूले छुट्टै सूचीमा राख्ने प्रावधान रहेको छ। त्यस्ता खाताको अवस्थाबारे ग्राहकलाई समयमै जानकारी गराउन बैंकले आवश्यक सूचना प्रकाशित गर्नुपर्नेछ। ग्राहकले यस्तो खाता सक्रिय बनाउन चाहेमा, पहिलेकै जस्तै, पहिचान प्रमाणित गर्नुपर्नेछ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे