
काठमाडौँ । जीएटीई (ग्लोबल एकेडेमी अफ टुरिज्म एन्ड होस्पिटालिटी एजुकेसन) कलेजका विद्यार्थीहरूले अस्ट्रेलियाको TAFE NSW बाट कमर्सियल कुकरीमा सर्टिफिकेट III हासिल गरेका छन्। यस अवसरमा शिक्षा क्षेत्रको सहकार्यले नेपाली पर्यटन र होस्पिटालिटी क्षेत्रको दक्षता आवश्यकतामा योगदान पुर्याएको बताइएको छ।
नेपाली र अस्ट्रेलियन शैक्षिक संस्थाहरूको साझेदारीमार्फत नेपाली युवालाई प्रशिक्षित गर्न गरिएको यो प्रयास दुई देशबीचको बहुआयामिक शैक्षिक सम्बन्धको अर्को उत्कृष्ट उदाहरण रहेको सम्बन्धित पक्षहरूले जनाएका छन्।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त यस प्रकारका प्रमाणपत्रले बढ्दो पर्यटन र आतिथ्य सेवा क्षेत्रमा मात्र नभई अन्य विभिन्न उद्योगहरूमा पनि नेपालको दक्ष जनशक्ति आवश्यकतालाई पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे