
काठमाण्डौ ।आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान पु¥याएको कारण नेपाल टेलिकमलाई सम्मानित गरिएको छ। नेपाल सरकारको अर्थ मन्त्रालय र आन्तरिक राजश्व विभागले आयोजित राष्ट्रिय कर दिवस २०८१ को अवसरमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल टेलिकमलाई उक्त सम्मान प्रदान गर्नुभएको हो।
कार्यक्रममा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सम्मान पत्र ग्रहण गर्नुभयो। आन्तरिक राजस्व विभागले हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ र यस अवसरमा उत्कृष्ट करदातालाई सम्मानित पनि गर्दै आएको छ। यस वर्ष पनि नेपाल टेलिकमसहित अन्य उच्च कर तिरेका व्यक्तिहरू र संस्थाहरूलाई सम्मानित गरिएका थिए।
नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० मा अत्यधिक कर तिरेर राष्ट्रिय कोषमा महत्वपूर्ण योगदान गरेको थियो, जसले नेपाल सरकारको विकास परियोजनाहरूको लागि आर्थिक स्रोतहरूको सुदृढीकरणमा मद्दत पुर्याएको छ। उक्त सम्मान प्राप्त गर्दै प्रबन्ध निर्देशक संगीता पहाडीले संस्थाको कर तिर्ने प्रतिबद्धता र समाजको प्रति जिम्मेवारीपूर्ण दृष्टिकोणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपाल टेलिकमको यो योगदानले राज्यको अर्थतन्त्रमा सुधार ल्याउन र विकासका परियोजनाहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। यस अवसरमा उपप्रधानमन्त्री पौडेलले कर तिर्ने साँचो र उत्तरदायित्वपूर्ण दृषटिकोनको महत्त्वलाई जोड दिँदै अन्य नागरिक र संस्थाहरूलाई पनि यस्तो दायित्व पुरा गर्न प्रेरित गर्नुभयो।
यस कार्यक्रमले राष्ट्रिय कर व्यवस्थापन र राजस्व सङ्कलनमा पारदर्शिता र उत्तरदायित्वको सन्देश दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे