
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा साफ महिला फुटबल, एसियाली कराँते, र कावा बिच भलिबलका पदक विजेताहरू, तिनीहरूको प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेका छन। यस अवसरमा, सरकारले २०७९ मङ्सिर २८ गतेको निर्णयबमोजिम पुरस्कार वितरण गरेको हो। प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकारले खेलाडी र प्रशिक्षकलाई पुरस्कार दिने प्रक्रियामा करकट्टीको व्यवस्था खारेज गरेको छ।
पदक विजेताहरूमा साफ महिला च्याम्पियनसिपका अमृता जैसी, एसियाली कराँते च्याम्पियनसिपका एरिका गुरुङ र कावा बिच भलिबलका कमला पुन र मनिषकुमारी चौधरी रहेका छन्। उनीहरूको मुख्य प्रशिक्षकहरू राजेन्द्र तामाङ, कुशल श्रेष्ठ र रुपेशकुमार विष्टलाई पनि सम्मानित गरिएको छ। प्रधानमन्त्री ओलीले खेलकुदको माध्यमबाट देशको अन्तर्राष्ट्रिय गरिमा वृद्धि गर्ने खेलाडीहरूको सराहना गर्दै, उच्च मनोबल र अठोटका साथ प्रतिस्पर्धा गर्न सुझाव दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे