
एजेन्सी । अस्ट्रियामा हालसम्मकै भीषण गोलीकाण्डमा ११ जनाको ज्यान गएको छ भने धेरै घाइते भएका छन्। घटनापछि देशभर तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ। आज बिहान माध्यमिक विद्यालयमा भएको गोलीकाण्डमा एक संदिग्ध बन्दुकधारीले १० जनाको ज्यान लिएपछि अस्ट्रियाको ग्राज शहर शोकमा डुबेको छ। स्थानीय अधिकारीहरूले भनेका छन् कि मृतकहरूमा अहिलेसम्म सात महिला र तीन पुरुष छन्।
प्रहरीका अनुसार २१ वर्षीय बन्दुकधारी विद्यालयको पूर्वविद्यार्थी थिए, जसले अन्ततः स्कूलको शौचालयमा आफूलाई गोली हानेर आत्महत्या गरेको थियो। उनले आक्रमणमा पेस्तोल र सटगन प्रयोग गरेको पाइएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार घटनामा सात जना घटनास्थलमै ज्यान गुमाए भने बाँकी चार जनाको उपचारका क्रममा मृत्यु भएको हो। आक्रमणमा घाइते भएका कम्तिमा ११ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ९ जसमध्ये एक जनाको अवस्था गम्भीर छ।
प्रधानमन्त्रीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना जनाएका छन्। उनले तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने घोषणा गर्दै घटनाको पूर्ण छानबिन हुने आश्वासन दिएका छन्। अहिलेसम्म घटनाको स्पष्ट कारण खुलेको छैन तर प्रारम्भिक अनुसन्धान अनुसार व्यक्तिगत रिसइबी वा मानसिक समस्या कारण हुन सक्ने अनुमान गरिएको छ। सुरक्षाकर्मीले घटनास्थल आसपासको क्षेत्रमा कडाई गरेका छन्। घटनाले सम्पूर्ण अस्ट्रिया शोकमा डुबेको छ र नागरिकहरूमा भय र आक्रोश बढेको देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे