
अस्ट्रेलियन एजुकेसन इन्फर्मेसन सेन्टरको आयोजना र नेप्लिज एसोसिएसन अफ अस्ट्रेलियन एजुकेसन रिप्रेजेन्टेटिभ (नायर) को व्यवस्थापनमा उक्त कार्यशाला सम्पन्न भएको हो।
अब अस्ट्रेलियाको सीमा खुलेको परिप्रेक्ष्यमा कसरी दीर्घकालीन रूपमा गुणात्मक सेवा प्रदान गरी विद्यार्थीहरूलाई सुविधा दिने भन्ने विषयमा ‘अस्ट्रेलिया पोस्ट कोभिड मिट अप’ कार्यशाला सम्पन्न भएको हो। काठमाडौंको हात्तीसारमा सम्पन्न कार्यक्रममा अस्ट्रेलियाका युनिभर्सिटी र भेट कलेजका प्रतिनिधि, विभिन्न कन्सल्टेन्सी र कन्सल्टेन्सीहरू सम्बन्धित संस्थाका प्रतिनिधिको उत्साहजनक सहभागिता रहेको नायरका अध्यक्ष विज्ञान श्रेष्ठले बताए।
कार्यक्रममा बोल्दै ई क्यानका अध्यक्ष प्रकाश पाण्डेले अबको समयमा लामो समयदेखि पर्खिएर बसेका विद्यार्थीलाई अझै सजग भएर परामर्श दिन आवश्यक रहेको बताए। नेपालको अस्ट्रेलियासँगको सम्बन्ध शिक्षाका लागि मात्र नभएर व्यापार, पर्यटन र संस्कृति आदानप्रदानमा समेत जोड दिनुपर्ने नायरका पूर्वअध्यक्ष नारायण पहारीले बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे