• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

७ घण्टा अघि
२

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

८ घण्टा अघि
३

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

१0 घण्टा अघि
४

चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ

१0 घण्टा अघि
५

भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

११ घण्टा अघि
६

स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च

११ घण्टा अघि
७

पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी

१२ घण्टा अघि
८

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

१२ घण्टा अघि
९

रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?

१२ घण्टा अघि
१०

श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा

१३ घण्टा अघि
११

वायु प्रदूषण बढ्दै: काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

१३ घण्टा अघि
१२

वित्तीय कारोबारअघि सर्त बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

१३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०७८ चैत्र ११, शुक्रबार (३ साल अघि)

प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा तीन वर्षमा सकियो १७ अर्ब

Prime Minister Employment

  • 3,291 Views
  • काठमाडौं, १० चैत । प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा मनपरी खर्च गरेको पाइएको छ । आर्थिक वर्ष २०७५/७६ बाट पाँच वर्षको लागि भनि सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा हालसम्म १६ अर्ब ९३ करोड ९० लाख रुपैयाँ निकास तथा खर्च भइसकेको छ ।

    प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार पाउने अधिकांश दलका कार्यकर्ता रहेका छन् । रोजगार गरे वापत बैंकिङ च्यान मार्फत रकम भुक्तानी गर्नुपर्नेमा दलका कार्यकर्तालाई सिधै रकम वितरण गरेको पाइएको छ ।

    रकम दलका कार्यकर्तालाई सिधै वितरण गरिएको मात्र होइन ठूलो रकम प्रशासनिक कार्यमा खर्च समेत गरिएको छ ।

    बितेका तीन आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा कूल १९ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरिको छ ।

    पाँच वर्षे कार्यक्रमको तीन वर्ष समाप्त भइसकेको छ । यस अवधिमा करिव १७ अर्ब रुपैयाँ निकासा/खर्च हुँदा भइसक्दा पनि अधिकतम कार्यसम्पादन सूचकसँग सम्बन्धित क्रियाकलाप सुरु गर्नसकेको छैन ।

    कार्यक्रमले केही रोजगारी सिर्जना गरेको भए पनि कार्यक्रमको लक्ष्यको तुलनामा ५.४१ प्रतिशत मात्र प्रगति भएको छ । कार्यक्रम अन्तर्गत श्रमिकहरुलाई श्रमिक दुर्घटना बिमा बिना नै काममा लगाएको पाइएको छ ।

    प्रधानमन्त्री रोजगार कार्यक्रममा भएका अनियमितता महालेखापरीक्षकको ‘कार्यमूलक तथा विशेष लेखापरीक्षण प्रतिवेदन २०७८’ मा औंल्याइएको छ ।

    के हो प्रधानमन्धी रोजगार कार्यक्रम ?

    प्रधानमन्त्री रोजगार कार्यक्रम पाँच वर्षको लागि तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु गरेको कार्यक्रम हो । कार्यक्रम आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्म कार्यान्वयन गरिनेछ ।

    पाँच वर्षको कार्यक्रमको लागि २६ अर्ब ६२ करोड ३ लाख ७७ हजार रुपैयाँ बजेट अनुमान गरिएको छ । कार्यक्रममा १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगारलाई लक्षित गरि सञ्चालन गरिएको छ । बेरोजगारलाई वर्षमा एक सय दिन रोजगार उपलब्ध गराउने उदेश्यले कार्यक्रम ल्याइएको थियो ।

    कुन वर्ष के भयो ?

    प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा १७ लाख १ हजार ५७१ जना बेरोजगार सूचीकृत भएका थिए । सूचीकृत भएकामध्ये १ लाख ८८ हजार ३६७ जनालाई औषतमा १२.४३ दिन रोजगार प्रदान गरिएको थियो ।

    आर्थिक वर्ष २०७६/७७ मा ३ लाख ६९ हजार ३१४ जना बेरोजगार सूचीकृत भएकोमा १ लाख ३ हजार ५०० सय जनाले रोजगार पाएका थिए । सो वर्ष प्रत्येकले औषतमा १५.८५ दिन रोजगार पाएका थिए ।

    आर्थिक वर्ष २०७७/७८ मा ७ लाख ५३ हजार १६३ जना बेरोजगार सूचीकृत भएका थिए । सूचीकृत भएकामध्ये १ लाख ४६ हजार ३७९ जनालाई औषतमा ५१.३४ दिन रोजगार प्रदान गरिएको थियो ।

    प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब २८ करोड २५ लाख रुपैयाँ र २०७६/७७ मा २ अर्ब ३० करोड ९७ लाख रुपैयाँ निकासा तथा खर्च भएको छ । आर्थिक वर्ष २०७७/७८ मा कार्यक्रमको लागि ११ अर्ब ६० करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

    समस्यै समस्या

    महालेखापरीक्षकको कार्यालयले ‘कार्यमूलक तथा विशेष लेखापरीक्षण प्रतिवेदन २०७८’ मा प्रधानमन्त्री रोजागर कार्यक्रमलाई समेटेको छ । लेखापरीक्षण गर्दा कार्यान्वयनमा समस्यै समस्या देखिएका छन् ।

    ‘मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रममा तोकिएको विश्लेषण नगरी, कुनैपनि किसिमको कार्यक्रम अवधारणा पत्र वा प्रस्ताव स्वीकृति नगराई २०७५ ज्येष्ठ १५ गते बजेट वक्तव्य मार्फत २०७५/७६ को वार्षिक कार्यक्रममा समावेश गरेको पाइयो,’ प्रतिवेदनमा महालेखापरीक्षकको कार्यालयले भनेको छ ।

    कार्यक्रम कार्यान्वयनमा मुख्य भूमिका निर्वाह गर्ने स्थानीय तहसँग छलफल तथा अन्तरक्रिया नगरी सुरु गरिएको ठहर पनि प्रतिवेदनमा गरिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘कार्यक्रमको घोषणा २०७५ ज्येष्ठ १५ मा गरेकोमा कार्यक्रमसम्बन्धी दस्ताबेज ७ महिना ढिला गरी २०७५ माघमा मात्र तयार गरेको छ ।’

    प्रतिवेदनमा प्रधानमन्त्री रोजगार कार्यक्रम २०५५ सालदेखि सञ्चालनमा रहेको रोजगारी प्रबद्र्धन कार्यक्रम जस्तै रहेको जनाइएको छ । यी दुवै कार्यक्रममा धेरै समानता रहेको प्रतिवेदनमा उल्लेख छ ।

    ‘विगतदेखि स्थापित संरचना र कार्यक्रमलाई सुदृढ, सबल र प्रभावकारी बनाउनुको साटो नयाँ ढाँचा नयाँ नामबाट तयार गरी त्यस्तै प्रकारको नयाँ कार्यक्रम सुरुवात गर्नुले क्रियाकलाप कार्यान्वयनमा द्विविधा हुने, जिम्मेवारीको अस्पष्टता हुने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

    विगतदेखि चलिरहेको जस्तै कार्यक्रम ल्याएर प्रत्येक वर्ष ६ करोड ८३ लाख २८ हजार प्रशासनिक खर्च कम गर्नसक्ने अवस्थालाई सरकारले वेबास्ता गरेको प्रतिवेदनमा औंल्याइएको छ ।

    बेरोजगारलाई रोजगार दिन ल्याइएको कार्यक्रमको २ अर्ब १८ करोड २६ लाख २० हजार रुपैयाँ त पाँच वर्षमा कर्मचारीको तलब, भत्ता र तालिममा खर्च हुने प्रतिवेदनमा उल्लेख छ ।

    ‘कार्यक्रमको दस्ताबेजले प्रत्येक वर्ष ७ लाख व्यक्तिलाई न्यूनतम रोजगारी उपलब्ध गराउने लक्ष्य राखेकोमा मन्त्रालयको वार्षिक कार्यक्रमहरुले २०७६/७७ मा तीन लाख, २०७७/७८ र २०७८/७९ मा दुई/दुई लाखलाई रोजगारी दिने लक्ष्य राखी बजेट बिनियोजन भएको देखिन्छ । यसबाट कार्यक्रमको लक्ष्य र वार्षिक कार्यक्रम तथा बजेटबीच तालमेल रहेको पाइएन,’ प्रतिवेदनमा भनिएको छ ।

    आर्थिक वर्ष २०७७/७८ मा बेरोजगार दर्ता नै नभएका तथा कम दर्ता भएका स्थानीय तहमा ९ करोड ४२ लाख रुपैयाँ बजेट बढी विनियोजन गरिएको प्रतिवेदनमा जनाइएको छ ।

    कार्यक्रम अन्तर्गत देशका ७५३ वटा स्थानीय तहमा रोजगार केन्द्र स्थापना गरिएको छ । तीमध्ये ६९२ मा रोजगार संयोजक कार्यरत छन् भने रोजगार अधिकृत वा सहायकको दरबन्दी पूर्ति गरिएको छैन । यस्तै, ४६१ स्थानीय तहमा प्राविधिक सहायक कार्यरत छन् ।

    ‘रोजगार सेवा केन्द्र सञ्चालनमा विगत तीन वर्षमा २ अर्ब २४ करोड ६१ लाख ७१ हजार प्रशासनिक खर्च गरिएको छ,’ प्रतिवेदनमा स्पष्ट लेखिएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन
    ७ घण्टा अघि

  • २

    वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    ८ घण्टा अघि

  • ३

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
    १0 घण्टा अघि

  • ४

    चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ
    १0 घण्टा अघि

  • ५

    भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
    ११ घण्टा अघि

  • ६

    स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च
    ११ घण्टा अघि

  • ७

    पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी
    १२ घण्टा अघि

  • ८

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    १२ घण्टा अघि

  • ९

    रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?
    १२ घण्टा अघि

  • १०

    श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा
    १३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि के के गर्न पाइँदैन ?

    नेपाल नक्सा
    २

    कालोसूचीमा राखिएका फर्म र अदालतको अन्तरिम आदेश

    नेपाल नक्सा
    ३

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    ४

    सार्क सांस्कृतिक केन्द्रमा उपनिर्देशक पदका लागि आवेदन आह्वान

    नेपाल नक्सा
    ५

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ६

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution