
काठमाडौँ। हङकङको ताई पो क्षेत्रमा रहेकाआवासीय क्षेत्रमा आगलागी हुँदा कम्तीमा ४४ जनाको ज्यान गएको छ। केही मानिसहरू भवनमै फसेको बताइएको छ र २७९ जना अझै सम्पर्कविहीन छन्।
बुधबार दिउँसो लागेको आगो निभाउन ७६० भन्दा बढी अग्नि नियन्त्रक खटाइएको थियो। तस्बिरहरूमा भवनबाट ठूलो आगो र बाक्लो धुवाँ निस्किरहेको देखिन्थ्यो, जसले शहरको आकाशसम्म धुम्म बनाएको थियो। स्थानीय मिडियाका अनुसार, आगलागीमा कुनै ठूलो अपराध ९नरसंहार० भएको आशंकामा ३ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ। आगो वाङ फुक कोर्ट भन्ने आवास क्षेत्रमा दिउँसो २स्५१ बजे लागेको थियो।
अग्निशमन विभागले यसलाई पाँचौँ स्तर ९सबैभन्दा गम्भीर० को आगलागी घोषणा गरेको थियो। आगोको कारण स्पष्ट नभए पनि भवनहरू पुनर्निर्माण हुँदैथिए र बाहिर रहेको बाँसको मचानबाट आगो छिटो फैलिएको अनुमान गरिएको छ। अस्पतालमा ४५ जना गम्भीर घाइते छन्। घाइतेहरूलाई विभिन्न अस्पतालमा सारिएको छ। मृतकमध्ये एक ३७ वर्षीय अग्निनियन्त्रक समेत थिए। उनी केही समय सम्पर्कविहीन भएपछि ढलेको अवस्थामा भेटिएका थिए।
अग्नि सेवाका अधिकारीका अनुसार, भित्रको अत्यधिक गर्मी र खतरनाक भग्नावशेषले उद्धार कार्य धेरै कठिन बनेको छ। “भित्र पस्न पनि गाह्रो छ, माथिल्लो तल्लामा पुगेर आगो निभाउन झनै चुनौती छ,” अधिकारी डेरेक चानले भने।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे