
काठमाडौं। नेपालमा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था संघ (एआईएन) को स्टियरिङ कमिटीका सदस्य तथा सचिवालय टोलीका अध्यक्ष डा. एसपी कालौनीले युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री बाब्लु गुप्तासँग औपचारिक भेटघाट गरेका छन्। बैठकमा युवाहरूको मुख्य समस्या र चुनौतीहरू छलफल गरिएको थियो, जसको समाधान प्रणालीगत सुधारमार्फत् गर्नुपर्नेमा जोड दिइएको छ।
मन्त्रालयले देशभित्र युवा उद्यमशीलता, मर्यादित रोजगारी र सम्पत्ति सिर्जनाको अवसर बढाउने योजना अघि सारेको छ। साथै, अपाङ्गता भएका युवाहरूका लागि प्यारालिम्पिक खेलको प्रवर्द्धन र अवसर सिर्जना गर्ने विषयमा पनि मन्त्रालय उत्साहित रहेको जनाएको छ। मन्त्री गुप्ताले प्राथमिकताहरू छलफल गर्न र एआईएन यूथ वर्किङ समूहसँग समन्वय, सहभागिता तथा सहकार्यका सम्भावित क्षेत्रहरू खोज्न सहमति व्यक्त गरेका छन्।
भेटमा युवासँग सम्बन्धित सम्भावित सहकार्यका क्षेत्रहरूमा रोजगार तथा उद्यमशीलता प्रवर्द्धन, खेलकुद विकास र पूर्वाधार, मानसिक स्वास्थ्य र नशा नियन्त्रण, साथै डिजिटल साक्षरता र नवप्रवर्तनका पहलहरू समावेश गरिएका छन्।
बैठकले मन्त्रालय र युवा समुहबीच सहकार्य विस्तार गर्न र दीर्घकालीन योजना निर्माणका लागि ठोस आधार तयार पार्ने विश्वास व्यक्त गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे