
काठमाडौं। भुक्तानी सेवाप्रदायक आइएमई पेले नेपाली क्रिकेटर आसिफ शेखलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
आसिफको ब्रान्ड एम्बेसडर नियुक्तिले नेपाली क्रिकेटको समर्थन गर्दै खेलकुद र डिजिटल भुक्तानीलाई जोड्ने एक उत्कृष्ट अवसर सिर्जना हुने विश्वास आइएमई पेले व्यक्त गरेको छ।
आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सो साझेदारीले डिजिटल फाइनान्सको सम्भावनालाई नेपाली क्रिकेटसँग जोड्ने अवसर प्रदान गरेको बताए।
आइएमई पे मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो, जसले नेपालभरि डिजिटल भुक्तानीको सुविधा प्रदान गर्दै आएको छ
आइएमई पेले आफ्नो मोबाइल वालेटमा ब्याज र विभिन्न क्यासब्याकहरूको सुविधा पनि उपलब्ध गराएको छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपालीहरू र न्यून बैंकिङ सेवा प्राप्त गर्ने सर्वसाधारणलाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराउने लक्ष्य राख्दै नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने प्रयास गरेको छ।
आइएमई पेले २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप र एजेन्ट नेटवर्क मार्फत विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल भएको जनाएको छ। यसका माध्यमबाट ग्राहकहरूले सहज र सुरक्षित भुक्तानीका विकल्पहरू पाउनेछन्, जसले डिजिटल भुक्तानीको प्रयोगलाई बढावा दिने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे