
काठमाडौँ । डोलप्रसाद ‘डीपी’ अर्याल ले राष्ट्रिय स्वतन्त्र पार्टी बाट प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ।
सभामुख पदको उम्मेदवारी शुक्रबार दर्ता भएको हो। निर्वाचन चैत २२ गते हुने तालिका तय गरिएको छ। सङ्घीय संसद सचिवालयले उम्मेदवारी दर्ता बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म खुला हुने जानकारी दिएको छ। उम्मेदवारको सूची दर्ता सकिएपछि २:३० बजे प्रकाशित गरिनेछ।
प्रतिनिधि सभा बैठकमा २२ गते सभामुख पदका लागि प्रस्ताव पेश गरी समर्थकहरूले मतदान गर्नेछन्। उम्मेदवारको सूची प्रकाशित भएपछि दल र सदस्यहरूले सामूहिक छलफल गरी निर्णयार्थ पेश गर्ने कार्यसूची पनि तय गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे