
काभ्रेपलाञ्चोक। धुलिखेल अस्पतालमा अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था डाइरेक्ट रिलिफ का एशिया प्रशान्त निर्देशक श्री गॉर्डन विलकक तथा ग्लोबल कार्यक्रम (एशिया तथा मध्यपूर्व) विशेषज्ञ सुश्री होल्यान्ड बूलको औपचारिक भ्रमण सम्पन्न भएको छ।
उक्त भ्रमणले अस्पताल रडाइरेक्ट रिलिफ बीचको दीर्घकालीन साझेदारीलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ। स्वास्थ्य सेवा पहुँच र गुणस्तर सुधारमा दुवै संस्थाको साझा प्रतिबद्धतालाई प्रगाढ बनाउँदै लैजान यो भ्रमण महत्त्वपूर्ण कदमको रूपमा लिइएको छ।
धुलिखेल अस्पतालका कार्यकारी निर्देशक तथा उच्च व्यवस्थापकहरूसँग भएको छलफलमा आगामी दिनहरूमा संयुक्त प्रयासद्वारा नयाँ कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा समेत प्रारम्भिक सहमति भएका छन्।
डाइरेक्ट रिलिफ ले विश्वभर स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरूसँग सहकार्य गर्दै औषधि, उपकरण तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको छ। नेपालमा पनि यस संस्थाले आपत्कालीन राहतदेखि लिएर दीर्घकालीन स्वास्थ्य पूर्वाधार सुदृढीकरणसम्म विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे