
मोरङ |सुनका विभिन्न गहना तथा नगद ४६ हजार रुपैयाँ चोरी गरेको अभियोगमा विराटनगर महानगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका-८ मधुमारा बस्ने ४३ वर्षीय राजेश साहको घरबाट असार २९ गते राति सुनका विभिन्न गहना तथा नगद चोरी गरेको घटनामा संलग्न उनलाई १ थान मंगलसुत्र, १ थान चेन, ४ थान झुम्का, १ थान लकेट, १२ आनाको औठी, १ थान तिलहरी तथा चाँदीको पाउजु र २ थान सिक्री सहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी यसअघि पनि चोरी मुद्दामा सजाय पाएको खुल्न आएको छ ।
उनी उपर चोरी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे