
काठमाडौँ, १५ फागुन । प्रभु बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित ११ जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तत्कालीन सेन्चुरी कमर्सियल बैंकको सीईओको पद दुरुपयोग गर्दै मनोमानी ढंगले ऋण प्रवाह गरेको आरोपमा न्यौपाने पक्राउ परेका हुन् ।
सेन्चुरी बैंक हालैमात्र प्रभुमा मर्ज भएको थियो । प्रभुले प्राप्ति गरेपछि मनोज न्यौपानेलाई डीसिईओ बनाइएको थियो ।
पक्राउ पर्नेमा प्रभु बैंकका डेपुटी सिइओ न्यौपाने, सेन्चुरीका पूर्व सीईओ तुलसी गौतम, सविन घिमिरे, सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनिल बस्नेत, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी, रमण श्रेष्ठ र सन्ध्या श्रेष्ठ रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे