काठमाडौँ, २३ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाण्डौँले अनुमति दिएको छ ।
१७ बर्षिय एक किशोरीले मंगलबार प्रहरी वृत गौशलामा बलात्कारको जाहेरी दिएसँगै प्रहरीले पक्राउको लागी अदालतको आदेश मागेको हो । अदालतको आदेशसँग अब लामिछाने जुनसुकै बखत पनि पक्राउ पर्न सक्छन् ।
प्रहरीले सन्दिपलाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाउनेछ ।
स्न्यापच्याट मार्फत कुराकानी गरेर एक महिनामा भेट्न बोलाएर आफुलाई गत भाद्र ५ गते भक्तपुर डुलाएर काठमाडौँमा ल्याएर बलात्कार गरेको ति युवतीले जाहेरीमा उल्लेख गरेकी छन् ।
प्रहरीले उनीहरु बसेको भक्तपुरको नगरकोट तथा काठमाडौँमा रात विताएको होटलको सिसिटिभि फुटेज पनि कलेक्शन गरेर प्रारम्भिक अनुसन्धान अगाडि बढाएको छ ।
सन्दिपले भने नेपाली क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा आफु निर्देष रहेकोले कानुनी उपचारको लागी सहयोग मागेका छन् ।
सन्दिप हाल क्यारेबियन लिग क्रिकेट (सिपिएल) का लागि वेस्टइन्डिजमा छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे