
काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले लामो समयदेखि विवादमा रहेको विद्युत् महसुल बक्यौता असुली प्रक्रिया अब निर्णायक चरणमा प्रवेश गरेको बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत घिसिङले नेपाल विद्युत प्राधिकरणले कानुनी रूपमा अघि सारेका कदममा राजनीतिक हस्तक्षेपका कारण केही अवरोध आए पनि असुली प्रक्रिया अब ठोस परिणामतर्फ अघि बढिरहेको बताएका हुन्।
उनका अनुसार, जिम्मेवार पदमा रहेका केही व्यक्तिहरूले जानाजानी राज्यले उठाउनुपर्ने महसुललाई रोक्ने प्रयास गरे पनि सर्वसाधारण र सरोकारवाला सबैको निरन्तर चासो र दबाबका कारण असुली अभियान बलियो बनेको छ।
मन्त्री घिसिङले बक्यौता रकम किस्ताबन्दीमा तिर्न सुरु गरेका उद्योगीहरूलाई धन्यवाद दिँदै देशप्रतिको जिम्मेवारीबोधका लागि सराहना गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे