
काठमाण्डौ। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले यात्रित बीमामा लाग्ने बिलम्ब शुल्क (ब्याज/जिरिवाला) मा छुट दिने घोषणा गरेको छ। प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एकीकृत भई बनेको हिमालयन लाइफ इन्स्योरेन्सले २०८१ माघ २० गतेभित्र नविकरण वा पुनर्नवीकरण गरिने बीमाहरूमा यो सुविधा प्रदान गर्ने जनाएको छ।
कम्पनीले ७ वर्षसम्मका बीमालेखहरूमा ७५ प्रतिशत र ७ वर्षभन्दा माथिका आवधिक बीमामा ५० प्रतिशत बिलम्ब शुल्क छुट दिने निर्णय गरेको हो।
छुट सुविधा बीमा नविकरणका लागि मात्र प्रदान गरिने र नविकरणपछि बीमा समर्पण (सरेन्डर) गर्दा छुट रकम फिर्ता गरिने छैन। बीमा जोखिमा सम्झौता नगरी नविकरण गरिएका बीमाहरूलाई प्राथमिकता दिइने बताइएको छ।
बीमा धारकहरूले थप जानकारीका लागि हिमालयन लाइफ इन्स्योरेन्सका निकटतम शाखा वा उप-परिषद कार्यसम्पादन सम्पर्कमा जान सक्ने कम्पनीले जनाएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे