
काठमाडौँ, २३ जेठ । अर्जेन्टिनाले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा इस्टोनियालाई ५–० ले पराजित गरेको छ । गएराति भएको खेलमा अर्जेन्टिनाका सबै गोल लियोनल मेसीले गरे ।
मेसिले आठौं मिनेटमा पेनाल्टी मार्फत सुरुवाती अग्रता बनाए , त्यसपछि खेलको ४५ मिनेटमा दोस्रो गोल गरे । पहिलो हाफ २–० को अग्रता बनाएको अर्जैन्टिना त्यसै रोकिएन खेलको ४७, ७१ र ७६ औं मिनेटमा गोल गर्दै इस्टोनियामाथि अर्जैन्टिनालजे शानदार जित निकाल्यो ।
अर्जेन्टिनाले त्यस अगाडि युरोपेली च्याम्पियन इटालीलाई पनि ३–० ले हराएको थियो ।
आइतबारकै अन्य मैत्रीपूर्ण खेलमा कोलम्बियाले साउदी अरेबियालाई र पेरुले न्युजिल्यान्डलाई समान १–० ले हरायो । नेसन्स लिगका खेलमा भने पोर्चुगलले स्विट्जरल्यान्डलाई ४–० ले हरायो । पोर्चुगलका लागी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।
त्यस्तै, स्पेन र चेक गणतन्त्रले २–२ को बराबरी खेले ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे