
काठमाडौँ ,२८ मंसिर | अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाल दुईपटकको विश्वविजेता हो ।मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले पछिल्लो पटकको उपविजेता क्रोएसियालाई ३–० ले हराएको हो । यो खेलमा मेस्सीले एक गोल र एक गोल असिस्ट गरेका थिए ।
लुसेल रंगशालामा आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा कप्तान लियोनल मेस्सीले एक गोल र जुलियन अल्भारेजले दुई गोल गरेका थिए ।अर्जेन्टिनाले अब डिसेम्बर १८ मा फाइनलमा फ्रान्स वा मोरक्कोसँग खेल्नेछ।
अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले विश्वकपमा एघार गोल गर्दै अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ताको सूचीमा आफ्नो नाम दर्ता गराएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे