
काठमाडौं । सर्वोच्च अदालतमा दुईजना नयाँ न्यायाधीशको नियुक्ति गरिएको छ। उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डे राष्ट्रपति रामचन्द्र पौडेलद्वारा न्यायाधीशको रूपमा नियुक्त भएका छन्।
संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले आइतबार न्यायाधीशको रूपमा उनीहरूको नियुक्ति गरेका हुन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले यस सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएकी छिन्।
गत शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले दुबै न्यायाधीशको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे