
काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले १५ औं संस्करणको शैक्षिक मेला आयोजना गर्ने घोषणा गरेको छ। संघले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिएको अनुसार, मेला अशोज ११ गते काठमाडौंको एभरेष्ट होटलमा हुने तयारी गरिएको छ।
संघका अनुसार, यस मेलाको उद्देश्य विद्यार्थी, अभिभावक, र अन्य सरोकारवालालाई अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सही जानकारी र परामर्श प्रदान गर्नु हो। “यस शैक्षिक मेलाबाट सहभागीहरूलाई सही र उपयोगी जानकारी प्राप्त गर्ने अपेक्षा गरिएको छ,” उनीहरूले भनेका छन्।
आयोजकले मेला अवलोकन गर्ने लगभग १५,000 भन्दा बढी विद्यार्थी र अभिभावकको सहभागिताको अपेक्षा राखेको छ। मेलामा विभिन्न देशका राजदुतावास र कुटनितिक नियोगलाई पनि सहभागिता जनाउन आग्रह गरिएको छ।
मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायी, स्वदेशी र विदेशी शैक्षिक संस्थाहरू, साथै भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मनी, र डेनमार्क जस्ता देशका कलेज र विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूको सहभागिता हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे