
काठमाडौं – २८ औँ ECAN (शैक्षिक परामर्श संघ नेपाल) दिवसको अवसरमा आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि उद्योग र वाणिज्य मन्त्री दामोदर भण्डारीले ECAN का सदस्यहरूको उपस्थितिमा आफ्नो विचार प्रस्तुत गर्नुभएको छ। मन्त्री भण्डारीले शैक्षिक परामर्श क्षेत्रमा भइरहेको प्रगति र आगामी चुनौतीहरूको समाधानमा संस्थाको भूमिकाको सराहना गर्नुभएको छ।कार्यक्रममा सघं अध्यक्ष शेषराज भट्टराई ,महासचिव दिपक भुसाल, पुर्व अध्यक्ष प्रकाश पाण्डे, राजेन्द्र बराल लगायत सघं सदस्य तथा अन्य पदाधिकारीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै, सघं अध्यक्ष शेषराज भट्टराईले सदस्य र समर्थकहरूको योगदानको प्रशंसा गर्नुभएको छ। उहाँले भन्नुभयो, “संघलाई प्राप्त भएको समर्थन र सहयोगको लागि सबैलाई हार्दिक धन्यवाद। यस प्रकारको सहभागीता र सहयोगले हामीलाई आगामी योजनाहरूलाई सफलतापूर्वक सम्पन्न गर्न थप प्रोत्साहन दिएको छ।”
यस वर्षको उत्सवमा अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको छ। भविष्यमा पनि यस्तै समर्थन र सहभागिताको अपेक्षा राख्दै, सबै अतिथिहरूको समृद्धिको कामना गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे