
काठमाडौं , २५ कात्तिक । स्पेनका विभिन्न शहरहरूमा भीषण बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि, नागरिकहरूले प्रशासन र सरकारविरुद्ध आक्रोश प्रदर्शन गर्न सडकमा उत्रिएका छन्। गत हप्ता आएको प्रचण्ड वर्षात र नदीहरूको जलस्तर वृद्धि कारण देशका केहि क्षेत्रहरूमा बाढीको स्थिति अत्यन्त गम्भीर बनेको थियो। बाढीका कारण सयौँ घरमा क्षति पुगेको छ भने, हजारौं व्यक्तिहरू विस्थापित भएका छन्।
बीबीसीका अनुसार स्पेनको वेलेन्सियामा हजारौँको सङ्ख्यामा स्थानीयहरू क्षेत्रीय प्रमुखको राजीनामा माग गर्दै सडकमा उत्रेका छन्। गत अक्टुबरमा भेलेन्सिया र अन्य प्रान्तमा मुसलधारे वर्षा पछि आएको बाढीका कारण २ सयभन्दा बढीको मृत्यु भएको थियो।
८० जना अझै बेपत्ता छन्। प्रदर्शनकारीले स्थानीय अधिकारीहरूले बाढीबारेको चेतावनी ढिलोगरी दिएको आरोप लगाएका छन्। प्रदर्शनकारीहरूले आपतकालीन उद्धार कार्यमा ढिलाइ र पूर्वतयारीको कमीको विरोध गर्दै सरकारी निकायलाई कठोर आलोचना गरेका छन्। हामीलाई उद्धार गर्न सरकार तयार छैन, एक प्रदर्शनकारीले भनिन्। प्रभावित क्षेत्रका नागरिकहरूले सरकारको लापरवाही र अपर्याप्त तयारीको आरोप लगाएका छन्।
सडक प्रदर्शनमा जनताको तिव्र आक्रोश देखा परेको छ भने, सरकारका अधिकारीहरूले उद्धार र पुनर्निर्माण कार्यलाई प्राथमिकता दिने बताएका छन्। यस बीच, बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले आपतकालीन राहतको माग गर्दै प्रदर्शन जारी राखेका छन्।
सरकारले यथाशीघ्र आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको भए पनि, जनतामा सरकारप्रति असन्तुष्टि देखिनुले ठूलो चुनौती रहेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे