
काठमाडौँ, १२ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पूर्ण रूपमा फिजियोथेरापी तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
यो कार्यक्रमले खेलाडीहरूलाई आफ्नो उत्कृष्ट प्रदर्शन गर्न र चोटपटक पछि खेलकुदमा फर्कन सुनिश्चित गर्न मद्दत गरेर ठूलो मात्रामा फाइदा पुर्याउनेछ।
कार्यक्रमले निश्चित शुल्क तिरेर सेवा प्राप्त गर्न चाहने जो कोहीलाई पनि फाइदा हुनेछ।
कार्यक्रम फिजियोथेरायमा मास्टर्सको स्वर्ण पदक विजेता नविना श्रेष्ठ र फिजियोथेरापी स्नातक आविष्कार पुडासैनीले सञ्चालन गर्नेछन् । श्रेष्ठ र पुडासैनी दुवैले कतारको एस्पेटारमा फेलोसिप पूरा गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे