
काठमाण्डौ ।एएनएफए (नेपाल फुटबल संघ) र एडी रिलिज प्रा. लि. बीच आगामी अन्तर्राष्ट्रिय यूथ फ्रेण्डली म्याचहरूका लागि प्रसारण, मार्केटिङ, डिजिटल र टिकट विक्रि सम्वन्धि अधिकारको सम्झौतामा हस्ताक्षर भएको छ। यो सम्झौतापत्र एएनएफएका महासचिव किरण राई र एडी रिलिज प्रा. लि. का प्रबन्ध निर्देशक हरि सुवेदी बीच हस्ताक्षर र आदान प्रदान गरिएको हो।
सम्झौताअनुसार, नेपालका U-16 महिला राष्ट्रिय टोली र भुटानका U-16 टोलीबीचको खेल २० डिसेम्बरमा र नेपालका U-19 महिला राष्ट्रिय टोली र भुटानका U-19 टोलीबीचको खेल २२ डिसेम्बरमा हुनेछ।
यो सम्झौतासँगै, एडी रिलिज प्रा. लि. को जिम्मेवारीमा यी खेलहरूको प्रसारण, मार्केटिङ, डिजिटल प्लेटफर्म र टिकट व्यवस्थापन हुने छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे