
काठमाडौँ ,७ पुस | धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङको साबुन उद्योग खोल्ने योजना तत्काललाई रोक्न बुधबार न्यायाधिश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलाशले अन्तरिम आदेश जारी गरेको छ । प्रक्रिया पुरा नगरि वन क्षेत्रको जग्गामा साबुन उद्योगको काम अघि बढाएका मेयर हर्क साम्पाङको सपनामालाई अदालतले रोक लगाएको छ।
उच्च अदालत विराटनगरले मेयर साम्पाङको यो कदमलाई ‘गैरकानुनी देखिएको’ ठहर गरिदिएको छ । मेयर साम्पाङले माया धराने साबुन उत्पादन गर्ने भन्दै त्यहाँ शिलान्याससमेत गरेका थिए । डोजरले जग्गा सम्याएर गिट्टी कुट्न श्रमदान कार्य भइरहेको थियो।
सुनसरी जिल्ला वन कार्यालयका प्रमुख भीमबहादुर कालिकोटेले वन क्षेत्रको जमिनमा अनधिकृत रूपमा साबुन उद्योग स्थापना हुन थालेको भन्दै त्यो काम रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।
साबुन उद्योग बनाउन मेयर साम्पाङले प्रस्ताव गरेको जग्गा वनको क्षेत्रमा पारेपछि कानुनी बिवाद परेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे