
काठमाडौं –वाह्रय प्रत्यक्ष लगानी सम्बन्धी नीति, वास्तविकता, प्रतिवेदन र भविष्यका अवसरबारे अन्तरक्रिया कार्यक्रम आज परराष्ट्र मन्त्रालयमा आयोजित भएको छ। कार्यक्रममा विभिन्न मन्त्रालय, बोर्ड, विभाग र निजी क्षेत्रका उच्चस्तरीय प्रतिनिधि तथा अधिकारीहरूले सक्रिय सहभागिता जनाएका थिए।
कार्यक्रममा छलफल मुख्यतः नेपालमा लगानी वातावरण सुधारका उपाय र वाह्रय प्रत्यक्ष लगानी सम्बन्धी विविध प्रतिवेदन तथा मूल्यांकनमा केन्द्रित रह्यो। सहभागीहरूले लगानी प्रवाह बढाउन कानूनी, प्राविधिक र संस्थागत सुधार आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्रालयका संयुक्त सचिव श्री कृष्णप्रसाद ढकालले नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउन विभिन्न निकायबीचको समन्वय पुनःसक्रिय पार्नुपर्ने उल्लेख गरे। उनले प्रक्रिया, कानुन र संस्थागत पक्षलाई अझ प्रभावकारी बनाउन आवश्यक कदम चाल्नुपर्नेमा बल दिएका थिए।
उक्त कार्यक्रमले नेपालमा लगानी प्रवर्द्धनको वातावरण सुधार र निजी क्षेत्रसँग अन्तरक्रिया बढाउने अवसर प्रदान गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे