
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल नियुक्त भएका छन्। यसअघि अध्यक्ष रहेका सुरेन्द्र कुमार पौडेलमाथि भ्रष्टाचार मुद्दा दर्ता भई निलम्बनमा परेपछि लम्साललाई अध्यक्षको जिम्मेवारी दिइएको हो।
नियुक्तिपछि बिहीबार नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आयोजित कार्यक्रममा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले लम्साललाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। उक्त जानकारी प्राधिकरणकी सहायक प्रवक्ता पूनम ज्ञवाली श्रेष्ठले दिएकी छन्।
भन्सार विभागका उपमहानिर्देशकसमेत रहेका लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि सरकारले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको जनाइएको छ। कम्पनीको व्यवस्थापकीय स्थायित्व र नियमित कामकारबाहीलाई निरन्तरता दिन अस्थायी रूपमा उक्त जिम्मेवारी प्रदान गरिएको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे