
काठमाडौं । अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा देखिएका नवीन प्रवृत्ति र अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गर्न चाहने विद्यार्थीले भोगिरहेका चुनौतीहरूमाथि अध्ययन गरिरहेकी अमेरिकी मिडियाकर्मी मिस एल्ली डेभिसले आज एजुकेसन कनसाल्टेन्स एशोसिएसन अफ नेपाल (ईक्यान) को केन्द्रीय कार्यालय भ्रमण गरेकी छिन्।
हाल The Kathmandu Post सँग आबद्ध रहेर एक प्रतिष्ठित अमेरिकी दैनिकका लागि रिपोर्टिङ गरिरहेकी डेभिसले अमेरिकी गन्तव्य रोज्ने नेपाली विद्यार्थीको अनुभव, समस्या र सम्भावनाबारे अनुसन्धानमूलक सामग्री तयार गरिरहेकी छन्।
उनले सोही क्रममा ईक्यानका अध्यक्ष श्री शेषराज भट्टराईसँग भेटघाट गरी अमेरिकी अध्यागमन तथा शैक्षिक नीतिमा हालै आएका परिवर्तन र त्यसको प्रभावबारे जानकारी लिएकी हुन्।
भेटका क्रममा अध्यक्ष भट्टराईले भिसा प्रक्रियामा भइरहेको ढिलाइ, अन्तर्वार्ता तालिकाकरणमा देखिएको अन्योल, र शैक्षिक संस्थाहरूको आन्तरिक प्रक्रियामा आएको परिवर्तनले नेपाली विद्यार्थीको आत्मविश्वास र अन्तर्राष्ट्रिय शिक्षामा पहुँचमा असर पारिरहेको धारणा व्यक्त गरे।
ईक्यानले मिस डेभिसलाई नेपाली विद्यार्थी र शिक्षा क्षेत्रका प्रतिनिधिको आवाजलाई अन्तर्राष्ट्रिय बहसमा स्थान दिन गरेको प्रयासप्रति आभार प्रकट गर्दै आगामी दिनमा थप सहकार्यको अपेक्षा राखेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे