
काठमाडौँ – कामना सेवा विकास बैंकले काठमाडौं, बसुन्धारा स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर सँग सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता गरेको छ।
सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले अस्पतालले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवा तथा सुविधा–सुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन्। बैंकका ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाण देखाएर यो सुविधा सजिलै प्राप्त गर्न सक्नेछन्। बैंकले यस सम्झौताबाट आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरूले विशेष लाभ उठाउने विश्वास व्यक्त गरेको छ।
सम्झौतामा बैंकतर्फ काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र अस्पतालतर्फ सञ्चालक डा. प्रतिक्षा श्रेष्ठ ले हस्ताक्षर गरेका थिए। बैंक र अस्पतालबीचको यो साझेदारीले स्वास्थ्य सेवा पहुँच र लाभ दुवैलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे