
काठमाडौँ ,२६ भाद्र | नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली राष्ट्रिय टिमकाे प्रमुख प्रशिक्षकबाट अलग्गिएकाे घाेषणा गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ,‘नेपाली फुटबलको सेवामा ५ सय २५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु । खुशी, माया, दुःख र पीडा बिनाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद।
एउटा टोली, जय नेपाल ।’
अखिल नेपाल फुटबल संघसँग उनको दूरीबढेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे