
काठमाडौं ।नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत महसुल उठाउने प्रयासमा आफूमाथि बारम्बार अवरोध आएको बताएका छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले महसुल असुलीका क्रममा छ पटकसम्म स्पष्टीकरण सोधिएको जनाएका थिए। उनका अनुसार हजारौं कागजात मागेर आफूलाई हतोत्साही पार्ने प्रयास गरिएको थियो।
उद्योग क्षेत्रका बक्यौता तिर्ने ग्राहकबाट महसुल उठाउन खोज्दा आफूलाई पदबाट हटाइनु परेको दाबी उनले गरेका थिए।
सरकारी संस्थाबाट समेत बक्यौता असुली गर्न खोज्दा यो कार्यलाई आपत्तिजनक रूपमा लिइएको उल्लेख गर्दै उनले यस्तो प्रयासलाई ‘अपराध’ सरह व्यवहार गरिएको बताएका थिए।
उनले जनताको नाममा सम्बोधन गर्दै आफूले उठाएका यस्ता विषयहरूको जवाफ अन्ततः जनताले नै दिने विश्वास व्यक्त गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे