
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूलाई अब प्रमाणपत्र र परीक्षासम्बन्धी सेवा लिन बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय धाउनु नपर्ने भएको छ। पनिकाले आफ्ना प्रमुख १० सेवा पूर्णरूपमा अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने घोषणा गरेको हो।
परीक्षा नियन्त्रण कार्यालय (पनिका) का अनुसार भोलिदेखि लागू हुने यो व्यवस्था अन्तर्गत अब विद्यार्थीहरूले आवश्यक कागजातका लागि घरमै बसेर आवेदन दिन सक्नेछन्। दीक्षान्त समारोहको फाराम भर्ने अनलाइन प्रणाली र TUEIMS प्रविधिको सफल प्रयोगपछिको निरन्तरता स्वरूप परीक्षा प्रणालीलाई पूर्णरूपमा विद्युतीय बनाउने लक्ष्यसहित यो कदम चालिएको हो।
पनिकाले सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउन डिजिटल प्रणालीको प्रयोग गरिएको जनाएको छ। यसले विद्यार्थीको समय, खर्च र प्रक्रियामा पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ।
अनलाइनबाट उपलब्ध हुने प्रमुख १० सेवा:
१. नयाँ रजिस्ट्रेसनको लागि आवेदन फाराम
२. परीक्षा फाराम भर्ने सुविधा
३. ट्रान्सक्रिप्टका लागि आवेदन
४. प्रोभिजनल प्रमाणपत्र
५. मूल प्रमाणपत्र प्राप्तिका लागि आवेदन
६. पुनर्योग (Re-totaling) का लागि फाराम
७. नाम, थर वा रजिस्ट्रेसन नम्बर सच्याउने आवेदन
८. विविध सिफारिस पत्रका लागि फाराम
९. प्रमाणपत्र प्रमाणीकरण सेवा
१०. ट्रान्सक्रिप्ट र मार्कसिटको प्रतिलिपिका लागि आवेदन
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे