
काठमाडौँ, ३ माघ । सर्वदलीय बैठक सुरू भएको । वालुवाटारमा प्रधानमन्त्रि प्रचण्डको नेतृत्वमा सर्वदलीय र्बैठक सुरू भएको हो । राष्ट्रपति, सभामुख कसलाई बनाउने र कुन पार्टीले पाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रि प्रचण्डले सर्वदलिय बैठक आहवान गरेका हुन् ।
बैठकमा प्रधानमन्त्रीसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने, नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठल, स्वतन्त्र सांसद अमरेश कुमार सिंहगायतको उपस्थिति रहेको छ।
माघ ५ गते तय भएको सभामुखको चुनावको लागी भोली मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।
गएको पुस २६ गते प्रधानमन्त्रि प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा आश गरेको बुझिएको छ । त्यस्तै, यसअघि काग्रेस सहितको गठबन्धन तोडेर नेकपा एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतसँग सत्ता साझेदार गरेर प्रधानमन्त्रि बनेको प्रचण्ड सबैलाई सरकारमा सहभागी गराउने कसरतमा छन् । यद्यपी, यसअघिको सहमति अनुसार एमालेको भागमा राष्ट्रपति परेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे