
काठमाण्डौँ, ७ असार । माग पुरा नभएसम्म उडान नगर्नै बताउदै आएका वायुसेवा सञ्चालकहरु आफनो अडानबाट पछि हटेका छन् ।
सरकारले अत्यावश्यक सेवा ऐन अन्तर्गत पक्राउ गरी कारबाही गर्ने तथा इजाजत नै खारेज गर्नेसम्मको तयारी गरेपछि वायुसेवा सञ्चालकहरु आफ्नो निर्णयबाट पछि हटेका हुन् ।
प्राधिकरणमा गएराति बसेको बैठकमा वायुसेवा सञ्चालक संघले सबै उडान सञ्चालन गर्ने सहमती भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।
उनीहरुले आज बिहान ११ बजेदेखि उडान नियमित गर्ने भएका छन् । वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन नै गरेर आजदेखि सबै आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका थिए ।
लगतै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्या) ले उडान बन्द गरे सञ्चालकहरुलाई पक्राउ गरी वायुसेवा सञ्चालन अनुमति (एओसी) नै खारेज गर्नेसम्मको चेतावनी दिएको हो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पत्रकार सम्मेलनमा प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे सञ्चालकलाई पक्राउ पुर्जी जारी गरेर वायुसेवा सञ्चालन अनुमति नै खारेज गर्ने बताएका थिए ।
उनीहरुले आफनो मागको लागी सरकारसँग वार्ता जारी राख्ने बताएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे