
काठमाडौं। कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफामा २९ प्रतिशतको गिरावट भोगेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ९५ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
बैंकको नाफामा कमी आउनुको मुख्य कारण खुद ब्याज आम्दानीमा भारी गिरावट भएको देखिएको छ। गत वर्ष ४ अर्ब ४८ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवमा १ अर्बले घटेर ३ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ।
बैंकले लोन लस प्रोभिजनमा केही कमी गरेको छ। यस्तो रकम अघिल्लो वर्ष १ अर्ब ९ करोड रुपैयाँ रहेकामा चालु वर्ष ८५ करोड रुपैयाँमा झरेको छ।
कृषि विकास बैंकको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४७ पैसा रहेको छ। तर, बैंकको कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४.९ प्रतिशत पुगेको छ, जुन गत वर्षको ३.०२ प्रतिशतभन्दा उच्च हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे