
काठमाडौँ । कृषि विकास बैंक लिमिटेड ले देशभर विभिन्न पदका लागि २४२ जना कर्मचारी भर्ना गर्ने भएको छ। बैंकले आज सार्वजनिक सूचना निकाल्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा मार्फत कर्मचारी छनोट गर्न लागिएको जनाएको हो। यो भर्ना प्रक्रिया आठौँ तहको शाखा प्रमुखदेखि चौथो तहको लेखा सहायक पदसम्मका लागि हो।
सूचना अनुसार बैंकले
आठौँ तहमा शाखा प्रमुख १ जना,
छैटौँ तह (प्रशासनतर्फ) मा व्यवसाय अधिकृत ५२ जना,
सीए १० जना,
र प्रदेशअनुसार लेखापाल पदमा
कोसीमा २५ जना,
मधेसमा ४४ जना,
बागमतीमा ३० जना,
गण्डकीमा २० जना,
लुम्बिनीमा ३५ जना,
कर्णालीमा १५ जना,
सुदूरपश्चिममा १० जना
भर्ना गर्ने जनाएको छ।
आवश्यक योग्यता पुगेका नेपाली नागरिकले आजदेखि अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। बैंकले इच्छुक उम्मेदवारलाई समयमै दरखास्त दिन आग्रह गरेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे