
काठमाडौँ , २७ फागुन । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० ले अभिनेता सिताराम कट्टेल ९धुर्मुस० को चलचित्र लाज शरणम्को प्रशंसा गरेका छन्। बालेन सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा चलचित्रको प्रदर्शन हेरेर धुर्मुसको कामको खुलेर तारिफ गरे। उनले भने, यस्तो डिटेल दिनुभो, कस्तो डिटेल दिइएको हो१ लास्टमा दामी, लास्टमा मज्जा आयो।
सिनेमा हेरेपछि बालेनले थपे, एकदमै राम्रो काम गर्नुभएको छ। म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ। हेरिरहँदा एकदमै मज्जा आयो। बालेन मिडियालाई जानकारी नगरी चलचित्र हेर्न पुगेका थिए।
लाज शरणम् मा बालेनको स्वर भएको ‘नेपाल हाँसेको’ ¥यापले दर्शकमाझ राम्रो चर्चा पाइरहेको छ, यद्यपि चलचित्रमा यो गीत समावेश छैन। सिनेमाले पहिलो दिन एक करोड १० लाखको कलेक्सन गरेको थियो।
कुमार कट्टेलको निर्देशनमा बनेको यो चलचित्रमा धुर्मुस, सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल लगायतका कलाकारहरूको अभिनय छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे