
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अमेरिकी सैन्य कारबाही गरेपछि फेरि ग्रीनल्याण्डमाथि आफ्नो चासो दोहोर्याएका छन्। ट्रम्पले आइतबार एक पत्रिकासँगको फोन अन्तर्वार्तामा भने, “हामीलाई ग्रीनल्याण्ड चाहिन्छ, बिल्कुल। रक्षाका लागि यो आवश्यक छ।” उनले भेनेजुएलामा अमेरिकी हस्तक्षेप पछि ग्रीनल्याण्डको महत्वबारे केही अस्पष्ट टिप्पणी पनि गरे।
तर डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सेनले तुरुन्तै जवाफ दिइन् कि अमेरिकालाई ग्रीनल्याण्ड कब्जा गर्ने अधिकार छैन। उनले वाशिंगटनलाई नजिकको सहयोगी र ग्रीनल्याण्डका जनता विरुद्ध धम्की दिन बन्द गर्न आग्रह गरिन्। उनले स्पष्ट पारिन् कि डेनमार्क, ग्रीनल्याण्ड र फारो टापुहरू कुनै पनि अमेरिकी कब्जाको दायरामा आउँदैनन्।
ट्रम्पले विगत वर्षभरि ग्रीनल्याण्ड कब्जा गर्ने विचार बारम्बार दोहोर्याएका थिए, जसले डेनमार्क र युरोपेली संघमा आपत्ति सिर्जना गरेको थियो। अमेरिकी प्रशासनले ग्रीनल्याण्डको राष्ट्रिय सुरक्षा, आर्कटिक रणनीति र त्यहाँको खनिज तथा प्राकृतिक स्रोतलाई अमेरिकाको चासोको मुख्य कारण बताउँदै आएको छ।
यसैबीच, अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई जबरजस्ती कब्जा गर्ने प्रयास गरेको भन्दै ट्रम्पले शनिबार बताएका थिए कि अमेरिकाले भेनेजुएलालाई नियन्त्रणमा राख्ने योजना बनाइरहेको छ।
ग्रिनल्याण्ड कब्जाको ट्रम्पको प्रस्ताव र भेनेजुएलामा अमेरिकी हस्तक्षेपले अन्तर्राष्ट्रिय स्तरमा फेरि विवाद सिर्जना गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे