
काठमाडौं — एनसेलका चिफ कमर्सियल अफिसर (सीओओ) उमाइर मोहसिनले पदबाट राजीनामा दिएका छन्। प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभको राजीनामापछि उच्च व्यवस्थापन तहमा भएको यो अर्को विदा हो।
पाकिस्तानी नागरिक मोहसिन सन् २०२३ अगस्टदेखि एनसेलमा सीओओका रूपमा कार्यरत थिए। केही समयअघि उनले औपचारिक रूपमा राजीनामा दिएका हुन्, जसपछि उक्त पद हाल रिक्त छ।
कम्पनीका अनुसार नयाँ सीओओको नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ र छिट्टै औपचारिक घोषणा हुने अपेक्षा गरिएको छ।
यसअघि सीईओ जाब्बोर कायुमोभको राजीनामापछि एनसेल सञ्चालक समितिले प्रमुख वित्तीय अधिकृत (सीएफओ) सेद एमडी इनामुल कबिरलाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको थियो। एनसेलको उच्च व्यवस्थापनका अन्य महत्वपूर्ण पदहरू पनि हाल विदेशी नागरिककै जिम्मामा रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे