
काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भोलि मंगलबार पदबाट राजीनामा दिने भएकी छन्। दुई कार्यकाल मेयरको जिम्मेवारी सम्हालेकी दाहालले पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएकी हुन्।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन उनले मेयर पदबाट राजीनामा दिन लागेको बताएकी छन्। रेनु दाहाल चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारीमा रहेकी छन्।
प्रतिनिधिसभा निर्वाचनमा भाग लिन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले यसअघि नै राजीनामा दिइसकेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे