
काठमाडौँ, ११ बैशाख । सिंहदरबारको फोहोर १५ दिनपछि उठ्न थालेको छ । सर्वोच्च अदालतले गएको शुक्रवार काठमाण्डाँ महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि आज सोमवारदेखि सिंहदरबारको फोहोर उठेको हो ।
महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई फोहोर नउठाउन भनेपछि गएको चैत २६ गतेदेखि सिंहदरबार क्षेत्रको फोहोर उठेको थिएन ।
केन्द्र सरकारले महानगरले गर्न खोजेका विभिन्न काममा असहयोग गरेको भन्दै मेयर साहले सिंहदरबार, शितल निवास र प्रधानमन्त्रि निवासको फोहोर नउठाउन आदेश दिएका थिए ।
फोहोरको कारण जनस्वास्थ्यमा असर पर्ने भएकोले सिंहदरबार क्षेत्रको फोहोर उठाउन माग गर्दे अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गर्नुभएको थियो । रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले तीन दिनभित्र फोहोर उठाइसक्न महानगरपालिकाका नाममा शुक्रवार आदेश जारी गरेको थियो।
मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोरमैला नउठेको विषय अदालतमा प्रवेश गर्नु र फोहोरमैला उठाउन आदेश दिइनुले नागरिकको स्वच्छ र स्वस्थ ठाउँमा बस्न पाउने अधिकारको गम्भीरता भएको थप पुष्टि भएको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे