
काठमाडौँ । वाशिंगटन डीसीमा ह्वाइट हाउस नजिकै दुई जना नेशनल गार्ड कर्मचारीलाई गोली हानी हत्या भएपछि अमेरिकी सरकारले अफगान नागरिकका सबै आप्रवासन आवेदनहरू प्रक्रियामा रोक्ने निर्णय गरेको छ।
दुई ब्लक टाढा भएको घटनामा एक अफगान नागरिक पक्राउ परेपछि ट्रम्प प्रशासनले यो कडा कदम चालिएको हो । अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका अनुसार, अबदेखि सुरक्षा प्रक्रिया पुनः समीक्षा नभएसम्म अफगान नागरिकका कुनै पनि आप्रवासन कागजपत्र अघि बढाइँदैन। पोष्टमा सरकारले आफ्नो मुख्य लक्ष्य अमेरिकी जनताको सुरक्षा भएको उल्लेख गरेको छ।
ट्रम्पले केही दिनअगाडि अफगानिस्तानबाट आएका व्यक्तिहरूको पुनःजाँच गर्नुपर्ने र “देशलाई प्यार गर्न नसक्नेहरूलाई राख्न आवश्यक छैन” भन्ने अभिव्यक्ति दिएका थिए। यस घटनाले वाशिंगटन लगायतका शहरहरूमा सेनाको उपस्थिति, अपराध नियन्त्रण, र सरकारी निर्णयहरूबारे ठूलो सार्वजनिक बहस जन्माएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे