
काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्गेजमेन्ट गरेको कुरा सार्वजनिक भएकी छन्। सोमबार इन्गेजमेन्ट गरेको जानकारी उनले आफ्नै इन्स्टाग्राममार्फत केही तस्बिरहरू साझा गर्दै दिएकी हुन्।
साम्राज्ञीले प्रेमिल क्याप्सनसहित इन्गेजमेन्टको घोषणा गरे पनि हुनेवाला श्रीमानको नाम भने खुलाएकी छैनन्। सार्वजनिक तस्बिरहरूमा उनी अत्यन्तै खुसी देखिएकी छिन्।
उनको पोस्ट सार्वजनिक भएपछि नेपाली फिल्म क्षेत्रमा खुशीको वातावरण बनेको छ। प्रियंका कार्की, श्वेता खड्का लगायतका कलाकारहरूले सामाजिक सञ्जालमार्फत उनलाई बधाई तथा शुभकामना दिएका छन्।
फिल्म ‘ड्रिम्स’ बाट अभिनेत्रीका रूपमा उदाएकी साम्राज्ञीले अहिलेसम्म एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन्। उनी पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘वर एण्ड बधू’ मा देखिएकी थिइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे