काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ ।सलमानका बुबा सलिम खान आइतबार बिहान मर्निङ वाक जाँदा आराम गर्न बसेको बेन्चमा एउटा पत्र भेटेका थिए । जसमा सलमानको ज्यान मार्ने धम्की दिइएको थियो ।
पत्रमा सलमानलाई पनि ‘सिद्धु मुसेवाला जस्तै बनाउने’ उल्लेख गरिएको भारतीय सरकारी समाचार एजेन्सी पीटीआईले जनाएको छ ।यो पत्रसँगै सलमानका पिता सलिमले प्रहरीमा एफआईआर दर्ता गरेका छन् ।
यसअघि पनि सलमानलाई ज्यान मार्ने धम्की आएको थियो । भारतको अन्तर राज्य गिरोहका नाइके भनेर चिनिने लरेन्स बिश्रोईले पाँच वर्ष अधि जोधपुरस्थित अदालतमा उपस्थित भएका सलमानलाई मार्ने धम्की दिएका थिए ।
मुम्बई प्रहरीले तुरुन्तै अज्ञात व्यक्तिविरुद्ध मुद्धा दर्ता गराएर अनुसन्धान सुरु गरेको हो। तर पत्रमा ज्यानको बाहेक अन्य के—के विषयमा धम्की दिइएको छ भन्ने कुरा केही खुल्न सकेको छैन।
मुसेवालाको हत्यापछि सरकारले सलमानको सुरक्षा बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे