
काठमाडौँ । मलेसियामा आजदेखि एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। एसियाली क्रिकेट परिषद् (ACC) को वार्षिक तालिकाअनुसार आयोजना हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल सिङ्गापुरसँग खेल्दै छ। मलेसियाको युकेएम ओभल मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ७:४५ बजे सुरु हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान)ले केही दिनअघि १४ सदस्यीय टोली घोषणा गरेको थियो। नेपाली टोलीको कप्तानी विपिनप्रसाद शर्माले गरेका छन् भने उपकप्तान सुर्याशुं कोइराला छन्। अन्य खेलाडीमा परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही छन्। प्रशिक्षकमा दिपेन्द्रबहादुर चन्द रहेका छन्।
प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। नेपाल समूह ‘ए’ मा सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापानसँग रहेको छ। समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्। नेपाल प्रतियोगिताको अघिल्ला तीन संस्करणको च्याम्पियन हो। नेपालले आगामी खेल जापान, इण्डोनेसिया र भुटानसँग क्रमशः असार १२, १५ र १७ गते खेल्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे