
काठमाडौं, वैशाख ३ । एसिसी प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्दै छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा तय गर्ने छ । पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा कतारसँग ३२ रनले विजयी भएको थियो ।
नेपाल समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा साउदी अरब, मलेसिया, हङकङ र कतार रहेका छन् । समूह बी मा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया रहेका छन् । नेपाली टोलीमा कप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी र अभिनाश बोहरा रहेका छन् । नेपाल चार अङ्कका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ । नेपालले हालसम्म खेलेका दुवै खेलमा जित हासिल गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे